काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार २ सय ७९ जनाको पीसीआर विधिबाट र २ हजार ४ सय १७ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ७ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय १९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने सोही अवधिमा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ । हाल देशभर २० हजार ७ सय ३९जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।