काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ० दशमलव ०८ अङ्कले बढेर लागेर २७०० दशमलव ९८ पुगेको हो ।

आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ० दशमलव ३७ अङ्कले घटेर ५११ दशमलव ३० मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर रु तीन अर्ब ६८ करोड ४० लाख ९ हजार मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज आठ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ३ दशमलव २२, व्यापार ३९ दशमलव ५१, निर्जीवन बीमा १४ दशमलव ३६, उत्पादन ३५ दशमलव २८ र सामूहिक लगानी कोष ०.०४ अङ्कले घटेको बजारमा, होटल तथा पर्यटन १८.४५, विकास बैंक १६.३२, जीवन बीमा ५२.४९, जलविद्युत् ५.३७, वित्त ४.८८, अन्य ० दशमलव ३३ र लघुवित्त १३ दशमलव ४ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड ९१ लाख ९३ हजार २५४ मूल्य बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ७ लाख ८३ हजार ९, अरुणभ्याली हाइड्रोपावर कम्पनी रु १५ करोड २३ लाख ७६ हजार १२५, अपी पावर कम्पनी रु ११ करोड ५८ लाख ४२ हजार ५५७ र हिमालयन डिष्टिलरीको रु ११ करोड ४८ लाख ४९ हजार ६६८ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहेका छन् ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतले बढ्यो । यस्तै सपोर्ट माइक्रोफाइनान्स ४ दशमलव ७२, नेशनल हाइड्रोपावर कम्पनी ४ दशमलव २८, किसान लघुवित्त वित्तीय संस्था ३ दशमलव ६ र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य ३ दशमलव ५५ प्रतिशतले बढेका छन् ।

त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य २३ अङ्कले घटेको आजको कारोबारमा प्राइम इन्स्युरेन्सको २४, नेपाल लाइफ इन्सुरेन्सको १९, एनआइवीएल समृद्धी फण्ड–२ को ० दशमलव २० र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ० दशमलव १९ अङ्कले घटेको छ ।