नयाँदिल्ली – विश्व महामारी रुपमा फैलिरहेको कोरोना सङ्क्रमणको तेस्रो लहर भारतमा पनि विस्तारै ओरोलो लागेको छ । पछिल्लो २४ घन्टामा भारतभर ३४ हजार १ सय १३ जना सङ्क्रमित थपिएका छन् ।

सोही अवधिमा ९१ हजार ९ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् भने ३ सय ४६ जनाले ज्यान गुमाएको मन्त्रालयले सोमबार बिहान जानकारी दिएको छ ।

अहिले भारतमा ४ लाख ७८ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । दैनिक सङ्क्रमणदर ३ दशमलव १९ प्रतिशतमा झरेको छ ।