बुटवल – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ चौवामा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।

थारुको घरमा लोड गरिएको अवस्थामा बन्दुकहरू लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको कपिलवस्तु प्रहरी कार्यालयले प्रवक्ता जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।