काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनाको नमुना परीक्षण गर्दा ५ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको संख्या भने ३ हजार ९ सय ३५ जना रहेको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५ सय ८४ जना रहेका छन् ।