काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९३ हजार ४ सय रुपैयाँमा कानरोबार भइरहेको छ ।

यस्तै, यता तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।