नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ६९ हजार ५ सय ४४ जना भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा सोमबार ६७ हजार ५ सय ९७ नयाँ सङ्क्रमित भेटिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित हुनेको सङ्ख्यामा सामान्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।


भारतमा आठ दिनमा छैटौं पटक कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजारभन्दा धेरै रहेको छ । भारतमा सङ्क्रमित हुनेको सङ्ख्या कम हुँदै आएको तथ्याङ्कले देखाएको छ । फेब्रुवरी महिना सुरुभएको ८ दिनमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुने सङ्ख्या ५७ प्रतिशतको गिरावट आएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।