फाइल तस्वीर
युक्रेन– रुस र युक्रेनबीच बढ्दो तनावलाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिंदै आएको बेला फ्रान्सका राष्ट्रपति इम्यायुनल म्याक्रोनले रुसले युक्रेनको सीमामा सङ्कट बढाउने काम नगर्ने आश्वासन दिएको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यायुनलले पत्रकारहरुसँग भएको छोटो भेटघाटका क्रममा ‘स्थिति बिगार्ने किसिमको कुनै पनि काम रुसबाट नहुने मलाई आश्वासन दिइएको छ’ भनेका छन् । युक्रेनी राष्ट्रपति जेलेस्कीसँग भेटघाटको पूर्वसन्ध्यामा फ्रान्सेली राष्ट्रपतिले पत्रकारहरुसँग भेट गरेका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन फ्रान्सेली समकक्षी इम्यायनलबीच भएको कुराकानी पछि फ्रान्सका राष्ट्रपति इम्यायुनलले युक्रेनका राष्ट्रपति जेलेस्कीसँग भेट गरेका छन् ।


रुसले पटक पटक युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै पनि योजना नरहेको बताउँदै आएको छ । तर युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा रुसले झण्डै १ लाखभन्दा बढी सैनिकलाई तैनाथ गरेको छ । यता अमेरिकी अधिकारीहरुले भने रुसले युक्रेनमाथि आक्रमण गर्न ७० प्रतिशत सेनालाई युक्रेनको सीमामा जम्मा गरेको दावी गरेका छन् । फ्रान्सका राष्ट्रपति म्याक्रो यो साता दुवै देशको राजधानीमा राजनीतिक भ्रमणको लागि गएका छन् ।

सोमबार फ्रान्सका राष्ट्रपति इम्यायुनल म्याक्रोनले युक्रेन र रुसको तनावका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा करिब ६ घण्टा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले उल्लेख गरेका छन् । फ्रान्सका राष्ट्रपतिले रुसी समकक्षीसँग भेट गरेपछि युक्रेनको राजधानी किभ पुगेका छन् ।

यसैबीच रुसले युक्रेन सरकारले पर मिन्स्क सम्झौता लागू नगर्ने आरोप लगाएको छ । मिन्स्क सम्झौता पूर्वी युक्रेनमा सेना र रुस समर्थकको आरोप लागेकाहरुको बीचमा सङ्घर्ष बिरामको विषय हो ।

पत्रकार सम्मलेनमा फ्रान्सका राष्ट्रपति म्याक्क्रोले युक्रेनका राष्ट्रपति जेलेस्कीसँग ‘रुस र युक्रेनलाई वार्ता अगाडि बढाएर दुई देशबीचमा भएको तनावमा ठोस समाधान खोज्ने मौका आएको छ’ भनेका छन् ।

सोही क्रममा युक्रेनी राष्ट्रपति जेलेस्कीले पनि रुसका राष्ट्रपति पुटिनलाई तनाव कम गर्नको लागि ठोस कदम उठाउन आग्रह गर्दै ‘मलाई शब्दमा विश्वास छैन, मलाई लाग्छ हरेक राजनेताले ठोस कदम उठाएर आफ्नो पारदर्शिता देखाउन सक्छन्’ भनि प्रतिक्रिया दिएका छन् ।