इटालियन कोपा फुटबल अन्तर्गत भएको खेलमा इन्टर मिलान क्लबले रोमालाई पराजित गरेको छ । इन्टर मिलान रोमालाई पाखा लगाउँदै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको हो ।

मङ्गलबार रातिको खेलमा इन्टरले २–० गोलको अन्तरले रोमालाई पराजित गरेको गर्दै सेमिफानलको यात्रा पक्का गरेको छ । इन्टरको जितका लागि इडिन जेको र एलेक्सिस सान्चेजले १–१ गोलको साझेदारी गर्दै आफ्नो टिमलाई जिताएका थिए।

इडिन जेकोले खेलको सुरुवाती दोस्रो मिनेटमै गोलगर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । इभान पेरेसिकको पासमा जेकोले गोल गरेका थिए । त्यसैगरी सान्चेजले खेलको ६८ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । इन्टर मिलानसँग हार व्यहोरेको रोमा क्लब प्रतिस्पर्धाबाट बाहिरिएको छ ।


अर्को सेमिफाइनल खेल अब एसि मिलान र लाजियाबीच हुनेछ । यी दुई टिममध्ये जसले जित निकाल्छ उसँग इन्टरले सेमिफाइनलमा भिड्नु पर्ने हुन्छ । सिमोन इन्जाघिको इन्टर मिलान यस सिजनमा तीन उपाधि नजिक छ ।