काठमाडौं – नेपाल पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ हजार ९ सय ५७ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ८ हजार ५ सय ८७ जनाको पीसीआर विधि र चार हजार १ एस ५ जनाको एन्टीजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण भएको थियो । मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् ।
यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये उपचारका क्रममा मङ्गलबार ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आईसीयुमा २ सय ५६ जनाको र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३६ हजार १८१ सक्रिय सङ्क्रमित छन् । होम आइसोलशनमा ३४ हजार ९ सय ८३ जना र एक हजार १९८ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
मङ्गलबार थपिएसँगै नेपालमा कोरोनाज भाइरसबाट सङ्क्रमितको हुनेको कूल सङ्ख्या ११ लाख ४ हजार २१६ जना पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ३८ पुगेको छ भने ९ लाख २० हजार ५ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङक्रमित हुनेको सङ्ख्या घट्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ सय ३८ जना, ललितपुरमा ७० जना र भक्तपुरमा ४३ जना थपिएका हुन् ।