सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।