काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ४३ जनामा पीसीआर तथा २ हजार ८ सय ८ एन्टिजेन परीक्षण गर्दा १ हजार ३ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय १४ पुगेको छ । सोही अवधिमा ८ हजार ७ सय ४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४५ हजार २ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।