प्रशिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था पिटिआइका अनुसार झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बई स्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनलाई हालैका दिनमा फेरि भेन्टिलेटरमा राखिएको थियो ।

मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा लता मंगेशकरको उपचार भइरहेको थियो । उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात जनवरी ८ मा उनी अस्पताल भर्ना भएकी थिइन् । भारत रत्नबाट सम्मानित मङ्गेशकरले भारतीय चलचित्रमा धेरै कालजयी गीत गायकी छन् ।