काठमाडौं – पछिल्लो केही दिन यता उपत्यकाको कोरोना सङ्क्रमणदर विस्तारै ओरालो लाग्दै गएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सबैभन्दा धेरै काठमाडौंमा ३ सय १६ जना, ललितपुरमा १ सय ४ जना र भक्तपुरमा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण नौ जनाको मृत्यु भएको छ । एक हजार ७ सय १४ जना सङ्क्रमित थपिएका छन् भने चार हजार ७ सय ७१ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या ५२ हजार ७ सय ८० जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।