काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५जनामा पीसीआर तथा ३ हजार २ सय ८८ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५२ हजार ७ सय ८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।