काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जना कोरोना भाइरसका सङक्रमित थपिएका छन् । ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा २ हजार ५ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जनाको मृत्यु भएको छ भने ८ हजार ४ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने सङ्क्रमितहरुको दर ९२ दशमलव ९ प्रतिशत रहेको छ ।