फाइल तस्वीर
रुस र युक्रेनबीच तनाव बढिरहेको बेला रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।


युक्रेनबीचको विषयलाई लिएर अमेरिका र पश्चिमा राष्ट्रहरुसँग रुसको तनाव बढिरहेका बेला दुई राष्ट्रका समकक्षीबीच भेटहुन लागेको हो । दुई वर्षको अन्तरालपछिको यो पहिलो भेट हुनेछ ।

विश्वभर कोरोना महामारी फैलिन थालेपछि चीनिया राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि विदेश भ्रमण गर्नुभएको छैन । राष्ट्रपति सीले चीनमा हुनलागेको बेइजिङ ओलम्पिकको अवसर पारेर अहिले भने विश्वका २० भन्दा बढी नेताहरुलाई भेट्ने कार्यक्रम भएको समाचार माध्यमहरुले उधृत गरेका छन् ।


रुसी राष्ट्रपति पुटिन र चीनिया समकक्षी सीबीच राजधानी बेइजिङमा आज शुक्रबार भेट गर्ने कार्यक्रम तय भएको छ । भेटअघि दुवै राष्ट्रले सुरक्षा र अन्य विषयमा पनि छलफल हुने उनीहरुको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुवै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।