काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेकोमा बधाई दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो ।

नेपालले बुधबारमात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको छ । ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्यूएचओ नेपालले भनेको छ ।