काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अङ्कले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अङ्कमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव २६ अङ्कले घटेको छ ।

बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अङ्कले घटेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । एकैदिन बिहीबार साढे ८ अर्ब माथिको शेयर किनबेच भएको छ ।

दिनभर भएका १ लाख ८ हजार ३ सय ६५ कारोबारबाट २२४ कम्पनी÷धितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएको छ । जसबाट कारोबार रकम ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ पुगेको छ । बजार घटेपनि धेरै जसो हाइड्रोपावर कम्पनीहरु र निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ ।