काठमाडौं – साताको पाँचौ दिन आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

आज तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।