बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो ।

साडियो माने, इड्रिशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो । अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।