दाङ – नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई दाङबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो ।

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो ।

तीनै जना होटेल सञ्चालक भएता पनि उनीहरूको नाम भने गोप्य राखिएको छ । उनीहरूले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजार रुपैयाँसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाइएको छ ।