काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९९ पीसीआर तथा ५ हजार ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने सोही अवधिमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ जना पुगेको छ । हाल देशभर ६९ हजार २ सय ९१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।