धनुषा – मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गर्न लागेको हो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रियाका सूचना जारी गरेका छन् । सूचनामा विषयगत संसदीय समितिहरु सभापतिका लागि उम्मेदवारी दर्ता गराउन सचिवालयले आह्वान गरिएको छ ।

जारी गरिएको सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ मा सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जनाइएको छ । प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने कानूनी व्यवस्था रहेको छ ।