दमक – झापाको विर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००–१ ख २१४० नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ८ बस्ने २७ वर्षीय बमबहादुर लेप्चा घाइते भएका थिए ।

उनलाई उपचारको लागि विर्तामोडमा रहेको बिएण्डसी अस्पताल ल्याइएकोमा अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

ट्रक र त्यसका चालक मकवानपुर भिमफेदी २ का २९ वर्षीय सन्तोष निजार प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।