काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।