काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का स्थगित गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

सीटीईभीटीका स्थगित भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको समयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको भयावह स्थितिका कारण विभिन्न तहका परीक्षाहरू सञ्चालन हुन लागेको हो ।