काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ९ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ४ सय ४ जना, भक्तपुरमा १ सय ९५ जना तथा ललितपुरमा ३ सय ८ जना सङ्क्रमित थपिएका हुन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा ९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ ।