काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ७६ पीसीआर तथा ६ हजार ८ सय ९८जनामा एन्टिजेन परीक्षण गर्दा ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ६७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ जना पुगेको छ । हाल देशभर ७४ हजार ६ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।