फाइल तस्वीर
काठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच आज अपरान्ह दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज मङ्गलबार अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । शनिबार भएको यी दुवै राष्ट्रबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलले मरिससलाई हराएको थियो । मङ्गलबार प्रतिस्पर्धा गर्ने नेपाली टोलीमा केही परिवर्तन गरिने भको छ । शनिबार भन्दा फरक हुनेछ ।


शनिबार भएको खेलमा मरिससलाई हराउन विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । करिब २७ महिना पछि मैदानमा देखापरेका विमलका लागि यो गोलले पुनः सक्षम सावित गरिदिएको छ । एन्फाको कारवाही र घुँडामा लागेको गम्भीर चोटका कारण दुई वर्षभन्दा बढी समय फुलबल खेल्न नपाएका विमलले आफुलाई नेपाली राष्ट्रिय फुटबल टोलीमा पुनर्आगमन गर्दै नेपाललाई जिताए । अन्तर्राष्ट्रिय मन्त्रीपूर्ण फुटबलमा गोलको घडेरी तोड्दै गोल गरेका विमलले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीबाट गरेको यो नवौँ गोल हो। नेपाली टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान रहेका हरि खड्का र नीराजन रायमाझीले समान १३–१३ गोल गरेका छन्।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मरिससविरुद्ध आज हुने खेलमा दर्शन गरुङ र मनिष डाँगीलाई मैदानमा उतार्ने भएका छन् । यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् ।