काठमाडौं – नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मङ्गलबार बजार खुलेपछि छापावाल सुन प्रतितोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सेतो धातु चाँदीको मूल्यमा भने स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलबार पनि सोही मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसयासी महासंघले जनाएको छ ।