काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनामा पीसीआर तथा ५ हजार ७ सय २० जनामा एन्टिजेन परीक्षण गर्दा कुल ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ जनजा पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ७९ हजार २ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।