काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से १३ दशमलव ४८ अङ्कले घटेको छ । आज ० दशमलव ४७ प्रतिशतले बजार घटेर २८७२ दशमलव ०५ अङ्कमा पुगेर बजार बन्द भएको हो ।

नेप्से घटेपनि ठूला कम्पनीको बजार मापक परिसूचक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३९ अङ्कले बढेको छ । आज सेन्सेटिभ इन्डेक्स ० दशमलव ०७ प्रतिशतले बढेर ५३८ दशमलव ९३ अङ्कमा पुगेर बन्द भयो । सोमबार २२५ कम्पनीका शेयर ५ अर्ब १५ करोडभन्दा बढीमा किनबेच भयो ।

आज १३ समूहमध्ये तीन समूहको सूचक बढेको छ भने १० समूहको सूचक घटेको छ । लगानी समूहको सूचक सर्वाधिक २ दशमलव १८ प्रतिशतले बढ्दा विकाश वैंक समूहको सूचक सर्वाधिक २ दशमलव १३ अङ्कले घट्यो ।