काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि हिजोको कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।