काठमाडौं – काठमाडौंको बौद्धबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतवार राति बौद्धस्थित एक रेस्टुरेन्टमा छापा मार्ने क्रममा ८ महिला र ६६ पुरुष गरी ७४ जना पक्राउ परेका हुन् ।

छापा मार्ने क्रममा उनीहरूको साथबाट प्रहरीले ६ लाख १९ हजार रुपैयाँसहित खेलमा प्रयोग गरिने मोबाइल तथा बिङ्गो खेल्न प्रयोग गरिने कुपन बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।