काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १० पीसीआर तथा ३ हजार २ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।