काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अङ्कले बजार बढेको छ । नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनीलगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्सलगायतको माग बढिरहेको छ । सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै सेयर बजारमा सुधार देखिएको छ ।