उत्तर कोरिया – उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ ।

योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ । यस बारे थप विवरण भने दिइएको छैन। यसैबीच, जापानी तटरक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिएको छ ।

यदि प्रक्षेपण आधिकारिक रूपमा पुष्टि भयो भने यो प्योङयाङ द्वारा यो वर्ष गरिएको सातौं परीक्षण हुनेछ । (रासस–एएनआई–स्पुतनिक)