काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै घट्दै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।