दमक – झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किच्दा आज शनिबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुबा बालकृष्णले चलाएको मे१त ७५९ नम्बरको ट्याक्क्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घरअगाडि पार्किङ गरेर राखिएको ट्याक्टर स्टाट गर्ने क्रममा ट्याक्टर मुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।