अमेरिका – युक्रेनमाथि आक्रमण गरे रुसले भयानक परिणाम बेहोर्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी रक्षा विभाग पेन्टागनले सम्भावित युद्धलाई कुनै पनि मूल्यमा रोक्नुपर्ने बताउँदै रुसलाई शान्त रहन भनेको हो ।

त्यहाँ बढ्दो संघर्षलाई लिएर अमेरिकी जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष मार्क मिलेले भने, ’रुसले आक्रमण गरेमा यसबाट कैयौँ मानिसको मृत्यु हुन सक्छ । तपाईं कल्पना गर्नाेस् न, रुसले घना शहरी क्षेत्रमा, सडक किनारमा आक्रमण गरिदियो भने स्थिति कति भयानक होला ।’

मार्कको भनाइमा समर्थन जनाउँदै रक्षा सचिव लेयड अस्टिनले भने, ’यूक्रेनमा संघर्ष अझै पनि टार्न सकिन्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साझा सीमामा एक लाखभन्दा धेरै सैनिकहरू तैनाथ गरिए पनि उनीहरूले चाहे भने युद्ध रोक्न सकिन्छ ।’

युक्रेनसँगको सम्बन्धमा रुसले नाटो देशहरूसामु गरेका सर्तहरू पालना नगरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीसँग कुरा गर्दै उनको देशको सम्प्रभुता, क्षेत्रीय अखण्डतालाई लिएर आफ्नो समर्थन दोहो¥याएका थिए । बाइडनले भने, ’यदि यूक्रेनमाथि रुसले हमला ग¥यो भने अमेरिकाले यसको जवाफ दिने छ ।’

यसअघि बाइडेनले रुसका २७ कूटनीतिज्ञलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका थिए । रुसले भने युक्रेनमाथि हमला गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । युक्रेनले चाहिँ युद्ध हुनेगरी अफवाह नफैलाउन र युद्धको स्थिति बन्नेगरी माहोल नबिगार्न पश्चिमा देशहरूलाई आग्रह गरेको छ ।