काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज शुक्रबार थप २ हजार ९ सय ४० जनामा कोरोना भाइरसको सङक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १ सय ५३ जना, भक्तपुरमा २ सय ६८ जना तथा ललितपुरमा ५ सय १९ जना सङ्क्रमित थपिएका हुन् ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ । हाल देशभर ८९ हजार ९ सय ४१ जना सक्रिय सङक्रमित रहेका छन् ।