काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ६९ वटा नमुना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । भने १० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको संख्या पनि ५ हजार ४ सय ३२ जना रहेको छ । हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८९ हजार ९ सय ४१ जना रहेको छ ।