काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।