काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकप –२०२२ का लागि इरान छनोट भएको छ । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकलाई १(० गोलले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो ।

तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अङ्क जोडेको छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो । कतार विश्वकपमा अहिलेसम्म् स्थान बनाउने टिममा, युरोपः जर्मनी, फ्रान्स, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, दक्षिण अमेरिकाः अर्जेन्टिना, ब्राजिल एसियाः इरान आयोजकः कतार रहेका छन् ।

आगामी नोभेम्बर(डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित १४ राष्ट्र छनोट भइसकेका छन् ।