काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २ हजार ४ सय २ जना, भक्तपुरमा २ सय २० जना तथा ललितपुरमा ५ सय २१ जना सङ्क्रमित थपिएका हुन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भने सोही अवधिमा १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।