काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गदा ८ हजार १७ जनामा कोरोना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय १९ जना कोरोना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने सोहि अवधिमा १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ११ हजार ६ सय ८७ जना पुगेको छ ।
हाल देशभर कोरोना सङ्क्रमितको कुल संख्या ९० हजार ५ सय ७६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।