काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । फरार रहेका ओलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले खोजतलास गर्ने क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ बस्ने ४० वर्षीय लबराज ओली रहेका छन् । उनले ज्योति विकास वैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई दिएको चेकको रकम भुक्तान हुन सकेको थिएन ।

उच्च अदालत पाटनले गत वर्ष फागुन २३ गते ओलीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा चार दिन कैद र नौ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।