नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३ सय ८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५ सय ७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७ सय व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४ सय ७२ रहेको छ ।

कुल सङ्क्रमितहरु मध्ये ९३ दशमलव २३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ३ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३ सय २८ जना पुगेको छ । (रासस–एएनआई)