काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्यमा केही मात्रामा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहीबार १० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।